Monday, October 31, 2011

महिनावारी हुँदा दुई दिनसम्म सार्‍है पेट

म १९ वर्षकी किशोरी हुँ। मलाई हरेक पटक महिनावारी हुँदा दुई दिनसम्म सार्‍है पेट दुख्ने, धेरै नै रगत बग्ने तथा रगत पनि सार्‍है गन्हाउने हुन्छ।  महिनावारी पनि २०-२२ दिनभित्रै हुन्छ। मैले डाक्टरलाई पनि देखाएँ तर विवाह गरेपछि ठीक हुन्छ भन्छन्। सामान्य औषधी पनि दिएका थिए तर पनि  मेरो समस्या समाधान भएन। यसका लागि मैले के गर्नुपर्ला 

-रमी.



महिनावारी हुँदा किन पेट दुख्छ ?

प्रायः सबैजसो महिलाले महिनावारी हुँदा धेरथोर पीडा अनुभव गरेकै हुुन्छन्। आधाजसो महिलाले त बेस्सरी नै दुखेको महसुस गर्छन्। महिनावारीको यस्तो  पीडालाई अंग्रेजीमा मथsmभलयचचजभब भनिन्छ। यस्तो किसिमको पीडा तल्लोपेट, उभखिष्अ बचभब कम्मर, ढाडको तल्लो भाग वा तीघ्रातिर समेत  हुन सक्छ। महिनावारी हुँदा कतिपय महिलालाई तल्लो पेट असाध्यै दुख्न सक्छ र सामान्य दैनिक जीवनलाई नै अलि अप्ठयारो पार्छ।

महिनावारी हुँदा रगत बाहिर पठाउन पाठेघरमा छिन-छिनमा संकुचन आउँछ। यसो हुँदा पीडा अनुभव हुन्छ। किशोरावस्थामा पाठेघरको मुख केही खुले  पनि तुलनात्मक रूपमा सानै हुने भएकाले तरुण अवस्थाको भन्दा बढी दुख्छ। समय बित्दै गएपछि वा बच्चा पाइसकेपछि पाठेघरको मुख पर्याप्त मात्रामा  ठूलो हुने भएकाले धेरै पीडा महसुस हुँदैन। त्यसबाहेक यसरी महिनावारी हुँदा रगत निस्कने क्रममा पाठेघरको भित्री परत तुहिने क्रममा  उचयकतबनबिलमष्ल रसायन निस्कन्छ, जसले रक्तनसामा संकुचन ल्याउँछ र पाठेघरमा आवश्यक रक्त बहावमा कमी आई अक्सिजनको मात्रा कम हुन्छ।  यो प्रक्रियाले पनि पीडा हुन्छ। यी दुवै प्रक्रिया महिनावारी चक्रकै अन्तरंग प्रक्रिया भएकाले प्राकृतिक नै हुन्। 

स्वस्थ महिलामा अन्य लक्षणको कुरा गर्दा दुख्नुका अतिरिक्त ३ देखि ५ दिनसम्म योनिबाट रगत रगत आउने र यस्तो कुरा २८-३० दिनको चक्रीय रूपमा  अर्को महिनावारी हुन्छ भन्ने कुरा त तपाईंलाई थाहै छ। यस्तो चक्र केही महिलामा चाँडोमा २१ दिनदेखि बढीमा ३५ दिनसम्म सामान्य रूपमै हुनसक्छ।  रगतको रंग सामान्य रूपमा रातो नै हुन्छ तर केहीमा केही गाढा रातो वा कालो किसिमको र पाठेघरको भित्री परतको टुक्रा पनि देखिन सक्छ। केही  महिलामा महिनावारी केही दिन चाँडो हुन्छ भने कसैलाई ढिला। एउटै महिलामा पनि कहिलेकाहीं यो चक्र चाँडो-ढिलो हुन सक्छ। पहिलोपल्ट महिनावारी  भएपछि केही समयसम्म नियमित नहुन सक्छ। यसबाहेक महिनावारी हुनुभन्दा पहिले अन्य लक्षणहरू देखिन्छन्। पेट फुलेजस्तो हुने, चिन्ता हुने, स्तन दुख्ने  वा भारी हुने, रुन मनलाग्ने, दिक्क लाग्ने, थकाइ लाग्ने, चिडचिडापन हुने, प्यास लाग्ने, खानाको रुचिमा परिवर्तन तथा गोडा वा अन्य भाग सुन्निने  जस्ता कुरा हुन सक्छन््। यस्तो स्थितिलाई एचझभलकतचगब तिभलकष्यल कथलमचomभ भनिन्छ। 

पीडा कम गर्न के गर्ने ?

पीडा भैरहेका बेला आरामको आवश्यकता पर्छ। त्यसैले थप आराम तथा सुत्ने प्रयास गर्नुपर्छ, तर नदुखेको बेला भरसक अरूझैं दैनिक घरेलु कार्य वा  अध्ययनमा व्यस्त रहनुपर्छ। व्यक्तिगत सरसफाइमा तथा कब्जियत हुन नदिन विशेष ध्यान पुर्‍याउनुपर्छ। नुनको मात्रा कम गर्दा शरीरमा जम्मा हुने पानी  कम हुने भएकाले पनि केही सजिलो हुने बताइन्छ।

पीडा कम गर्न तातो वस्तुले जस्तै कि जयत धबतभच दयततभि वा बाक्लो कपडा तताएर सेक्न सकिन्छ। तातो पानीले नुहाउँदा पनि पीडा कम गर्न  मद्दत पुग्छ। केही तातो पेय पिउने वा पेटमा हल्का मालिस गर्नुले पनि दुखाईलाई कम गर्न मद्दत गर्छ। महिनावारी भएका बेला कसरत वा व्यायामले पनि  पीडा कम गर्न मद्दत गर्छ। औषधी सेवन गरेर पनि पीडा कम गर्न सकिन्छ। औषधी पसलमा सीधै किन्न पाइने औषधी जस्तैः सिटामोल सेवन गर्न  सकिन्छ।

धेरै नै दुखे के गर्ने ? 

तपाइर्ंलाई जस्तै केहीलाई अति नै दुख्न सक्छ र त्यस्तो अवस्थामा घरेलु उपाय वा सिटामोलजस्ता औषधीको सेवन पर्याप्त नहुन सक्छ। यस्तो स्थितिमा  आफ्नो दैनिक जीवन, स्कुल अनि निद्राजस्ता कुरामा पनि बाधा पर्न सक्छ। यस्तो भएको स्थितिमा चिकित्सकको सहयोग लिनु आवश्यक हुन्छ।  आवश्यकता हेरी चिकित्सकले केही कडा किसिमका औषधी, पिसाब लगाउने औषधी वा हार्मोन भएका औषधी दिन सक्छन्। यस्ता हार्मोन भएका औषधी  परिवार नियोजनको खाने चक्कीमा पनि पाइने भएकाले चिकित्सकले ती खाने चक्की दिन सक्छन्। यहाँ उक्त चक्कीको प्रयोग गर्भ निरोधका लागि नभएर  पीडा कम गर्न हो। 

मानसिक तनाव वा चिन्ताजस्ता यादै नगरिने कारणले यस्ता समस्या उत्पन्न हुन सक्ने भएकाले सो हटाउन पनि आवश्यक कदम चाल्नुपर्छ। अति नै  दुख्ने समस्या भएका महिलाहरूमा भने पाठेघरको मुखलाई ठूलो पारेर उपचार गरिन्छ, तर किशोरावस्थाका महिलाहरूमा यस्तो किसिमको उपचार विधि  प्रयोग गरिंदैन। यस्तो उपचारलाई दोहर्‍याइ रहनुपर्ने हुन्छ। कतिपय महिलामा गर्भधारण गरेर सामान्य रूपमा -योनिमार्गबाट नै) बच्चा पाए पूर्ण रूपमा  निको भएको पाइन्छ। 

वयस्क महिलाहरूमा महिनावारीको बेलामा दुख्ने अन्य कारणले पनि हुन सक्छ, तर किशोरावस्थामा यस्तो विरलै मात्र हुन्छ। पाठेघरको टयुमर, पाठेघर  तथा वरिपरिको अंगको संक्रमण तथा इन्डोमेटि्रयोसिसजस्ता स्थिति पनि त्यस्तो पीडाको कारण हुन सक्छन्। 

गन्हाउने कुरा ? 

विशेष गरेर मासिक स्रावको एक किसिमको गन्ध हुन्छ, जसलाई कतिपयले गन्हाएको मान्छन् तर योनिरक्तश्राव बाहिर हावाको सम्पर्कमा आएपछि  जीवाणुहरूको प्रभावमा गन्हाउने क्रम शुरु हुन्छ। त्यस्तो नहोस् भनेर सरसफाइमा विशेष ध्यान दिनुपर्छ। योनिका संक्रमणमा पनि गन्हाउने समस्या बढ्न  सक्छ ।

No comments:

Post a Comment