Monday, October 31, 2011

यौनसम्पर्क गर्न खोज्दा मेरो लि· कडा हुन्छ, तर लि· योनिभित्र पसाउँदा मेरो लि· शिथिल हुन्छ।

रो उमेर ३१ वर्ष पुग्यो। मेरो विवाह भएको तीन वर्ष हुन लाग्यो। यौनसम्पर्क गर्न खोज्दा मेरो लि· कडा हुन्छ, तर लि· योनिभित्र पसाउँदा मेरो लि· शिथिल हुन्छ। लि· उत्तेजित गर्न के गर्नुपर्छ  ?

नि.

लिंग कसरी उत्तेजित हुन्छ ?

हामीलाई थाहै छ, हामीले इन्दि्रयहरूबाट सन्देश ग्रहण गर्छौं र त्यो मस्तिष्कसम्म पुग्छ र चेतन रूपमा हामीले त्यो कुरा थाहा पाउँछौं। यौनसम्बन्धी कुरा पनि यसैगरी विभिन्न तरिकाले हाम्रो मस्तिष्कसम्म पुग्छ। विभिन्न अङ्गहरू -स्रोत) बाट सन्देशहरू स्नायुप्रणालीका नसाहरूबाट विद्युतीय तरङ्ग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्छन् र त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि हामीले सो कुरा थाहा पाउँछौं। यौनउत्तेजना हुने किसिमका सन्देशहरू प्राप्त भए व्यक्तिमा यौन उत्तेजना बढ्छ। व्यक्तिअनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुराचाहिँ फरक-फरक हुन सक्छ। 

यसरी यौन उत्तेजित हुन थालेपछि लिङ्गका धमनीहरूबाट बढी मात्रामा रगत लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिङ्गबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो र लामो हुन्छ। यसैलाई हामी लिङ्ग उत्तेजित भएको भन्छौ। 

लि· किन उत्तेजित नभएको होला ?

चाहिएको बेलामा चाहेको जस्तो लिङ्ग उत्तेजित नभै यौनसम्पर्क राख्न नसकेको अनुभव धेरैजसो पुरुषले जीवनको कुनै न कुनै बेला गरेका हुन्छन्। लिङ्ग उत्तेजित नहुनु वा उत्तेजित अवस्थामा आइसकेको लिङ्गलाई त्यही स्थितिमा कायम राख्न नसक्ने समस्यालाई imउयतभलअभ वा भचभअतष्भि मथकागलअतष्यल भनिन्छ। 

राम्रोसँग लिङ्ग उत्तेजित नहुने कारण शारीरिक तथा मानसिक दुवै हुन सक्छन्। लिङ्गको उत्थित हुन सक्ने तन्तुमा रक्तप्रवाहलाई नकारात्मक रूपमा प्रभाव पर्ने कुनै पनि स्थिति लिङ्ग उत्तेजना नहुने सम्भावित कारण बन्न सक्छ। मधुमेह, मृगौलाको खराबी वा कलेजोको खराबी, प्रजनन अङ्ग वा त्यसको स्नायु प्रणालीलाई प्रभावित पार्ने गरेर भएको चोटपटक वा रोग, रक्तनसा वा रक्त प्रणालीमा भएको खराबीले लिङ्ग उत्तेजित नहुने समस्या उत्पन्न गर्न सक्छ। एलर्जी, रक्तचाप तथा मानसिक रोगको उपचारका क्रममा खाइने कतिपय औषधी पनि यसको कारण हुनसक्छ। पार्किनसन्स रोग वा क्यान्सरको उपचारमा प्रयोग गरिने औषधीहरूले पनि यस्तो गराउन सक्छन्। साह्रै थकाइ लागेको बेला होस् वा अधिक मादक पदार्थ सेवन गरेका बेला लिङ्ग उत्तेजनामा नकारात्मक असर परेको हुनसक्छ।

त्यसैगरी तनाव, चिन्ता, ग्लानि, उदासीपन, आत्मविश्वास कम हुनु, यौन सक्षमताको चिन्ता, यौनसम्बन्धी कुरामा नै अरुचि हुनु, यौन जोडीसँगको सम्बन्धमा भएको एकनासेपनबाट दिक्क हुनु, यौनरोग वा अन्य रोग लाग्ला कि भनेर चिन्ता, भावनात्मक असन्तुलन वा अन्य मनोवैज्ञानिक रोग हुनुजस्ता कुरा पनि लिङ्ग उत्तेजित नहुने कारण हुनसक्छन्।

यौन सम्पर्ककोे बेला उत्तेजना 

नहुने कारण 

मानिस यन्त्र नभएकाले उसका कार्यहरू सधैं एकनासका हँुदैनन्, त्यसैले कहिलेकाहीं मात्र यस्तो भए अनावश्यक रूपमा चिन्ता लिनु पर्दैन। योनिमा प्रवेश गराउनुभन्दा पहिले राम्रोसँग उत्तेजित भएको स्थितिमा शारीरीक पक्ष ठीकै भएको देखिन्छ। यी सबै स्थिति श्रीमतीसँगकै यौन सम्पर्कका सन्दर्भमा भन्नुभएको हो भने अनावश्यक रूपमा तनावपूर्ण वा डर भएको स्थिति नरहनु पर्ने हो। यसरी लिङ्ग शिथिल हुनुमा तपाईंकी श्रीमतीकोे कुनै प्रतिक्रिया थियो कि थिएन, लेख्नुभएको छैन। एउटा कुरा के भने शारीरिक तथा मानसिक रूपमा तयार नभै यौनसम्पर्क गर्नुपर्दा वा कसैलाई आफ्नो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाबपूर्ण स्थिति भए समस्या अझ बढ्न सक्छ। यस्तो यौनक्षमता प्रदर्शित गर्नुपर्ने दबाबले हुने चिन्तालाई हामी कभहगब उिभचायrmबलअभ बलहष्भतथ -यौनकार्य सम्पादनको चिन्ता) भन्छौं। 

एभचायrmबलअभ बलहष्भतथ कम गर्न के गर्नु पर्ला ?

किशोरावस्था तथा युवा अवस्थामा लिङ्गको उत्तेजना सजिलै भए पनि अनपेक्षित रूपमा यसरी लिङ्गको उत्तेजना नहुँदा निकै चासो तथा चिन्ता हुन्छ। निरन्तरको प्रयासपछि पनि सफलता हासिल गर्न नसक्दा समस्या थप चर्को हुनसक्छ। सर्वप्रथम त कारण नै पत्ता लगाउनुपर्ने हुन्छ किनभने त्यसको उपचार वा समाधान त्यसैमा भर पर्छ। कार्य सम्पादनको चिन्ताले धेरै कुरालाई बिगार्न सक्छ। कुनै कार्य ठीक तरिकाले हुँदैन कि भनेर चिन्ता गर्न थालिन्छ र बिस्तारै यो चिन्ता बढ्न थालेपछि कार्य सम्पादन क्षमतामै ह्रास आउन थाल्छ। कति त यौन क्रियाकलापवाट परहेज गर्छन् अनि आत्मसम्मान घट्न थाल्छ, सम्बन्धमा समस्या आउन थाल्छ। यस विषयमा सधैं चिन्ता गरिरहँदा वा चिन्ता गर्दिनँ भनेर -कतै आज गर्दा पनि उत्तेजित हुँदैन कि भनेर) त्यसकै बारेमा जहिले पनि सोचिरहँदा यौन कार्य सम्पादनमा सुधार आउँदैन। मनमा भय वा चिन्ता हटाउनु आवश्यक हुन्छ। आत्मविश्वास बढाउनुपर्छ। तनाव र चिन्ता कम गर्ने उपाय अपनाउनुपर्छ। कहिलेकाहीँ औषधी सेवन गर्नुपर्ने हुन्छ। 

महत्वपूर्ण कुरा के भने दृढ अठोट तथा धैर्यता यसका लागि अति नै आवश्यक हुन्छ। भावनात्मक तथा प्रणय सम्बन्धका लागि समर्पित भएर प्रयास गर्नुपर्छ। दिक्क अर्थात् बोर भएको स्थितिमा पनि यस्तो समस्या पर्छ। यस्तो बेलामा सम्बन्धलाई रमाइलो राख्न के गर्न सकिन्छ भनेर सोच्नुपर्ने हुन्छ। यसमा आफ्नो यौनसाथीको सहयोग तथा समझदारी उत्तिकै महत्त्वपूर्ण हुन्छ। यौनसाथीको समझदारीपूर्ण सहयोगले मनमा भएको चिन्ता हटाउन अनि आत्मविश्वास जगाउन मद्दत गर्छ। यौनसाथीको कुनै पनि नकारात्मक किसिमको टिप्पणीले समस्यालाई बढाउँछ। समस्या कायम रहे यौन विशेषज्ञ वा मनोरोग विशेषज्ञको सहयोग आवश्यक हुन्छ।

No comments:

Post a Comment