
९८४११८४१--
अण्डकोष के हो ?
अण्डकोष -अण्डाशय) पुरुषमा भएको एउटा प्रमुख प्रजनन अङ्ग हो। पुरुषमा बन्ने मानव प्रजननकोष जसलाई हामी शुक्रकीट भन्छौं त्यसको उत्पादन यही अङ्गमा हुन्छ। त्यसका साथै पुरुषत्व प्रदान गर्ने हार्मोन निकाल्ने अङ्ग पनि यही नै हो। यो लिङ्गको फेदनिर झुण्डिएको छालाको पातलो थैली -अण्डकोष थैली) भित्र हुन्छ। मानिसमा यो दायाँतिर र बायाँतिर गरी दुईवटा हुन्छन्। अण्डकोषभित्र थुप्रै स-साना नली आकारका अंग हुन्छन् र यहीं नै शुक्रकीट उत्पादन हुन्छ। यद्यपि त्यहा बनेका शुक्रकीट परिपक्व भैसकेका हुँदैनन्। अण्डकोषसँगै रहेको अङ्ग भउष्मष्मymष्क मा यात्रा गर्ने क्रममा शुक्रकीटले परिपक्वता हासिल गर्छन् अर्थात् महिलाको डिम्बलाई निषेचित गर्न सक्ने तथा गति लिन सक्ने क्षमता हासिल गर्छन्।
सामान्य अण्डकोष कस्तो वा
कत्रो हुनुपर्छ ?
यस्तै १०-११ वर्षको उमेरदेखि यसको विकास प्रारम्भ हुन्छ र अण्डकोषको विकासले व्यक्ति किशोरावस्थामा प्रवेश गरेको संकेत गर्छ। किशोरावस्थाभरि यो निरन्तर बढ्ने क्रम चल्छ। यसको आकार केही चेप्टो अण्डाआकारको हुन्छ। यस्तै १० देखि १४ ग्राम तौल भएको यो अङ्गको आयतन सामान्यतः ४ह३ह२ दशमलव ५ सेन्टिमिटर हुन्छ।
यस्तो आयतनका बारेमा दिइएको यो माप सालाखाला हो। यसभन्दा केही बढी र केही कम हुनु पनि सामान्य नै हो। अण्डकोषका आयतन तथा आकार व्यक्ति-व्यक्तिअनुसार फरक-फरक हुन्छन्, जस्तो कि हाम्रो स्वरूप र उचाइ फरक-फरक हुन्छ। सामान्य अण्डकोष
निम्नअनुसार हुन्छ ः
अलि चेप्टो अण्डाकारको हुन्छ। सामान्यतः देब्रे अण्डकोष दाहिनेभन्दा केही तल झोल्लिएको हुन्छ। यसको सतह 'सम्म' परेको हुन्छ र रबर छामेजस्तो हुन्छ। यसमा कुनै गिर्खा हुनु हुँदैन। छाम्दा वा त्यसै दुख्ने
हुनु हुँदैन।
काछमा भारीपन वा तानिएजस्तो अनुभव हुनु हुँदैन
दुवै अण्डकोष पनि समान आकार वा आयतनका हुँदैनन् र यसमा केही भिन्नता हुनु सामान्य हो। यसैगरी अण्डकोष समान रूपमा झुन्डिएको नभै एउटा केही माथि र अर्को केही तल हुन सक्छ। अण्डकोषका संक्रमण, विकासमा अवरोध, विकिरण वा केही औषधीको प्रभावका कारण सानो हुन सक्छ भने अन्य विभिन्न कारणले ठूलो हुन सक्छ। कतिपय स्थितिमा हामीले अण्डकोष ठूलो हुनु वा अण्डकोष थैली ठूलो हुने कुरालाई चिकित्सकको सहायताबिना छुट्टयाउन सक्दैनौं। नदुख्ने किसिमले यो ठूलो हुनुको कारणहरूमा यसमा पानी जम्नु, रक्त नसा फुक्नु, सिस्ट जस्ता कारण पर्छन्। अण्डकोष बढ्ने कारणले अण्डको षको क्यान्सर हुनसक्छ। यस्तो बढीजसो १० वर्षभन्दा पहिले र २० देखि ४० वर्षको बीचमा हुन्छ।
अण्डकोष कसरी जाँच्ने?
अण्डकोषको स्वपरीक्षण गर्न सिके कुनै खराबी आएको तुरुन्तै थाहा पाउन सकिन्छ।
न्यानो -तातो) पानीले नुहाएपछि अण्डकोषको परीक्षण गर्नुपर्छ। यसले अण्डकोष थैलीलाई खुकुलो पार्छ र अण्डकोष केही तल र्झछ, जसले गर्दा अण्डकोष परीक्षण गर्न सजिलो हुन्छ।
अण्डकोष परीक्षण गर्दा दुवै हात प्रयोग गर्नुपर्छ। बूढी औंला अण्डकोषको माथितिर राख्नुहोस्, चोर तथा माझी औंलालाई पछाडितिर।
अब बिस्तारै आफ्ना बूढी औंला तथा औंलाहरूको बीचमा अण्डकोषलाई घुमाउँदै छाम्नुपर्छ। एक अण्डकोषको परीक्षण सकिएपछि अर्को अण्डकोषको परीक्षण पनि त्यसैगरी गर्नुहोस्।
अण्डकोष थैली तथा यौनाङ्ग क्षेत्रको छालाको रंगमा भएको परिवर्तन वा कुनै गिर्खा वा डल्ला भए-नभएको कुरालाई निरीक्षण गर्नुपर्छ।
अण्डकोष सुक्नु चिन्ताको
विषय हुनुपर्छ ?
आफ्नो एउटा अण्डकोष अर्कोभन्दा सानो भएका कुरा मात्र गर्नुभएको छ। पहिलेको तुलनामा सुकेको हो कि होइन भन्ने विषयमा भने केही भन्नुभएको छैन। अण्डकोष सुके प्रजनन क्षमतामा असर पर्न सक्ने भएकाले सचेत हुनुपर्छर्। तपाईंले पहिले कुनै संक्रमण भएको कुरा पनि उल्लेख गर्नुभएको छैन। अण्डकोषमा कत्तिको क्षति पुगेको छ भन्ने कुरामै प्रजनन क्षमता भर पर्छ। केही स्थितिमा एउटा अण्डकोषमा नराम्रोसँग दखल पुगेको छ भने उक्त अण्डकोषले मात्र काम गर्न नसक्ने होइन कि अर्को अण्डकोषमा समेत असर पुग्नसक्छ। एउटा अण्डकोष सुकेर गए पनि अर्को अण्डकोषबाट उत्पादित वीर्यमा शुक्रकीटको मात्रा र गुण राम्रो भए सन्तान उत्पादन गर्न सकिन्छ।
अब के गर्नु बेस होला त ?
अण्डकोषको आकार वा आकृति केही फरक भयो भन्दैमा यौन चरमसुख, सन्तान उत्पादन गर्ने क्षमता, वीर्यस्खलन आदिमा फरक पर्दैन। तपाईंको जस्तो उमेरमा यौन स्वास्थ्यसम्बन्धी चासो हुनु एकदमै स्वाभाविक हुन् र हुनसक्छ, तपाईंलाई खास केही नभएको होस्। तपाईंको अण्डकोष जस्तो महत्त्वपूर्ण अंगले राम्रोसँग कार्य गर्न सक्ने कुरा सुनिश्चित गर्नु महत्त्वपूर्ण कुरा हो। केही गम्भीर खराबी भए प्रजनन क्षमतामा नकारात्मक असर पर्न सक्ने कुरालाई बिर्सनु हुँदैन।
माथि चर्चा गरिएका आधारमा तपाईंलाई आफ्नो अण्डकोष के-कति सामान्य वा असामान्यजस्तो लाग्यो बुझ्न मद्दत पुग्यो होला, तर पनि तपाईंलाई अण्डकोषमा आएका यी परिवर्तन असामान्य लाग्छन् वा सामान्य भएको पक्का गर्न चाहनुहुन्छ भने कृपया शल्य-चिकित्सकबाट परीक्षण गराउनुहोस्, धेरै ढिला गर्नु उचित हुँदैन।
No comments:
Post a Comment